मुग्लान · जागिर खोज्ने बाटो

विदेशमा काम खोज्दै हुनुहुन्छ?

कुन देश र काम रोज्ने, विज्ञापनका तलब र खर्च कसरी पढ्ने, अनि लट नम्बर र म्यानपावर कसरी जाँच्ने—मुग्लानमै सरल भाषामा बुझ्नुहोस्।

मुग्लान · अवसर र जानकारी

सबै जागिर विवरण

मुग्लानमै विवरण पढ्नुहोस्। आवेदन अघि वैदेशिक रोजगार विभागमा अन्तर्वार्ता र मागको हालको अवस्था पुष्टि गर्नुहोस्।

9 सामग्री
आधिकारिक स्रोत

विभागमा विवरण जाँच्नुहोस्

माग, लट नम्बर र भर्ती संस्थाको हालको जानकारी आधिकारिक वेबसाइटमा मिलाउनुहोस्।

जागिरको विवरण कसरी पढ्ने?

तलब भनेको हातमा आउने रकम हो?

विज्ञापनमा लेखिएको तलब कुन मुद्रामा छ हेर्नुहोस्। आधारभूत तलब र खाना, बसोबास, ओभरटाइम वा अन्य सुविधा छुट्टाछुट्टै हुन्। विदेशी मुद्रा नेपाली रुपैयाँमा देखाइएको अनुमान विनिमय दरसँगै बदलिन सक्छ। करारमा लेखिएको रकम मिलाएर मात्र निर्णय गर्नुहोस्।

कोटा र स्वीकृति भनेको के हो?

लट नम्बरले मागको पूर्वस्वीकृति विवरण भेटाउन मद्दत गर्छ। स्वीकृत माग देखिनु र अहिले ठाउँ खाली हुनु एउटै कुरा होइन। अन्तर्वार्ता मिति, पद, रोजगारदाता र संस्थाको हालको अवस्था सम्बन्धित निकायसँग पुनः जाँच्नुहोस्।

खर्च देख्दा के तुलना गर्ने?

विज्ञापनमा कुल खर्च, सेवा शुल्क र अन्य शीर्षक छन् भने एकएक गरी पढ्नुहोस्। अन्तर्वार्तामा भनिएको रकम लिखित विवरणभन्दा फरक भए कारण सोध्नुहोस्। भुक्तानी, सम्झौता र रसिदको प्रति सुरक्षित राख्नुहोस्।

आवेदन अघि यी तीन कुरा बुझ्नुहोस्

  1. काम र करार: पद, काम गर्ने स्थान, आधारभूत तलब, काम गर्ने घण्टा र सुविधा लिखित कागजातसँग मिलाउनुहोस्।
  2. खर्च र रसिद: माग विवरणमा उल्लेखित खर्च जाँच्नुहोस्। कुनै रकम बुझाउँदा आधिकारिक रसिद लिनुहोस्।
  3. समय र अवस्था: अन्तर्वार्ता मिति र मागको हालको अवस्था विभागको पृष्ठमा फेरि हेर्नुहोस्। पुरानो लिंक देखिँदैमा जागिर खुला छ भन्ने हुँदैन।
स्रोत र सावधानी: जागिरको खोजी, लट नम्बर र संस्थाको अवस्था वैदेशिक रोजगार विभागको वेबसाइटमा खुल्छ। मुग्लान सूचना बुझ्न सहयोग गर्ने माध्यम हो; यसले काम दिलाउने, आवेदन लिने वा कुनै माग आफैँ प्रमाणित गर्ने काम गर्दैन।