रोजगारदाताले पासपोर्ट दिन मानेन वा फिर्ता दिएन भने के गर्ने?
मलेसियामा काम गर्दै हुनुहुन्छ। तर तपाईंले काम गर्ने कम्पनीले तपाईंको पासपोर्ट आफूसँग राखेको छ? पासपोर्ट माग्दा पनि “पछि दिन्छु”, “कम्पनीमै राख्नुपर्छ” वा “अहिले चाहिँदैन” भनेर फिर्ता दिइरहेको छैन? यस्तो अवस्थामा के गर्ने भन्ने कुरा जानिराख्नु राम्रो हुन्छ। सबैभन्दा पहिले एउटा कुरा बुझ्नुस्। मलेसियाको श्रम विभाग (JTKSM) का अनुसार तपाईंले काम गर्ने कम्पनीले विदेशी कामदारको पासपोर्ट आफूसँग राख्न…
