| |

दुबईमा परिवारलाई स्पोन्सर गर्न कति तलब चाहिन्छ? नियमबारे बुझौं !

छोटोमा

दुबईमा परिवारलाई residence visa मा स्पोन्सर गर्न तलब मुख्य मापदण्ड हो।

१. श्रीमती वा बच्चालाई स्पोन्सर गर्न कति तलब?
UAE को Federal Authority for Identity, Citizenship, Customs and Port Security (ICP) अनुसार:

स्पोन्सर गर्न मिल्ने:

  • श्रीमती
  • अविवाहित छोरी
  • २५ वर्ष मुनिका छोरा
  • विशेष आवश्यकता भएका बच्चा (उमेरको हद छैन)

महिलाले पनि सोही मापदण्डमा श्रीमान वा बच्चा स्पोन्सर गर्न सक्छिन्। तर आमाको हकमा बुबाको NOC, वा सम्बन्धविच्छेद भएको भए custody / guardianship प्रमाण थप चाहिन सक्छ।

२. आमाबुवालाई स्पोन्सर गर्न कति तलब?
GDRFA Dubai अनुसार आमाबुवा स्पोन्सर गर्न तलब बढी चाहिन्छ:

  • मासिक न्यूनतम Dh10,000
  • Salary certificate र employment contract मा सो रकम देखिनुपर्ने
  • Valid Ejari (कम्तीमा २ बेडरूम भएको घर)
  • हालको Bank statement

३. कुन-कुन कागजात चाहिन्छ?

  • Sponsor को passport, Emirates ID, valid residence
  • परिवारको सदस्यको passport, फोटो
  • Attested marriage certificate (श्रीमतीका लागि)
  • Attested birth certificate (बच्चाका लागि)
  • Salary certificate / employment contract
  • Tenancy contract / Ejari, DEWA बिल
  • Valid health insurance
  • Marriage/birth certificate आफ्नो देश र UAE MOFA बाट attested हुनुपर्छ

आमाबुवाको लागि थप: आमाबुवाको passport copy, tenancy contract, bank statement, insurance

४. Medical test चाहिन्छ?
१८ वर्ष माथिका सबै sponsored परिवारको सदस्यले approved medical fitness test गर्नुपर्छ।

नोट: Visa नियम समय-समयमा अपडेट हुन्छ। दुबईको लागि GDRFA Dubai (Toll free 8005111) र अन्य इमिरेट्सको लागि ICP UAE (600522222) मा बुझ्नुहोस्।

आधिकारिक जानकारी: GDRFA Dubai -Family Sponsorship

सहयोग चाहियो?समस्या परे सही ठाउँमा सहायता खोज्नुहोस्।
सहायता खोज्नुहोस् →
उपयोगी लाग्यो? यो जानकारी साथीहरूसँग शेयर गर्नुहोस्
Facebook मा शेयर गर्नुहोस्

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ