| |

रोजगारदाताले पासपोर्ट दिन मानेन वा फिर्ता दिएन भने के गर्ने?

सबैभन्दा पहिले एउटा कुरा बुझ्नुस्।

मलेसियाको श्रम विभाग (JTKSM) का अनुसार तपाईंले काम गर्ने कम्पनीले विदेशी कामदारको पासपोर्ट आफूसँग राख्न पाउँदैन। पासपोर्ट कामदार आफैंसँग हुनुपर्छ। तर केही सरकारी कामका लागि केही समय पासपोर्ट बुझाउनुपर्ने हुन सक्छ। जस्तै स्वास्थ्य जाँच, काम गर्ने अनुमति बनाउने वा म्याद थप्ने काम। यस्तो काम सकिएपछि पासपोर्ट तपाईंलाई फिर्ता दिनुपर्छ।

अब पासपोर्ट फिर्ता नदिए के गर्ने?

पहिले तपाईंले काम गर्ने कम्पनीसँगै पासपोर्ट माग्नुस्।

शान्त भएर: “मेरो पासपोर्ट फिर्ता दिनुस्।” भनेर स्पष्ट रूपमा भन्नुस्। सम्भव भए WhatsApp वा message बाट पनि माग्नुस्। यसरी मागेको प्रमाण पछि आवश्यक पर्न सक्छ।

कम्पनीले कुनै सरकारी कामका लागि पासपोर्ट राखेको हो भने सोध्नुस्:

पासपोर्ट के कामका लागि राखिएको हो? कुन कार्यालयमा बुझाइएको हो? काम कहिले सकिन्छ? पासपोर्ट कहिले फिर्ता दिने हो? आफ्नो पासपोर्ट कहाँ छ भन्ने जानकारी तपाईंलाई हुनुपर्छ।

पासपोर्ट फिर्ता नदिएर अड्काइरहेको छ भने?

त्यस अवस्थामा “कम्पनीको नियम हो” भनेर मात्र चुप लागेर नबस्नुस्। मलेसियाको श्रम विभाग (JTKSM) मा गुनासो गर्न सकिन्छ। गुनासो गर्दा आफ्नो पासपोर्टको फोटो वा कपी, कामको सम्झौता, काम गर्ने अनुमतिसम्बन्धी कागजात र कम्पनीसँग भएको message जस्ता प्रमाण सुरक्षित राख्नुस्।

समस्या समाधान भएन भने?

समस्या समाधान गर्न गाह्रो भइरहेको छ भने नेपाली दूतावास, क्वालालम्पुरको श्रम शाखा मा पनि सम्पर्क गर्न सकिन्छ। आफ्नो समस्या के हो भनेर स्पष्ट रूपमा बताउनुस् र उपलब्ध कागजात देखाउनुस्। सबैभन्दा महत्वपूर्ण कुरा, आफ्नो पासपोर्ट नम्बर, पासपोर्टको फोटो वा कपी र अरू महत्वपूर्ण कागजातको record सुरक्षित राख्नुस्।

Note: यो जानकारी मलेसियामा काम गरिरहेका नेपाली कामदारलाई सामान्य जानकारी दिने उद्देश्यले तयार गरिएको हो। व्यक्तिगत अवस्था र नियम फरक हुन सक्ने भएकाले आवश्यक परे सम्बन्धित सरकारी निकायबाट पछिल्लो जानकारी पुष्टि गर्नुहोस्।

आधिकारिक स्रोतहरू

मलेसियाको श्रम विभाग (JTKSM) — विदेशी कामदारसम्बन्धी जानकारी
मलेसियाको श्रम विभाग – विदेशी कामदारसम्बन्धी सेवा
नेपाली दूतावास, क्वालालम्पुर — सम्पर्क विवरण

सहयोग चाहियो?समस्या परे सही ठाउँमा सहायता खोज्नुहोस्।
सहायता खोज्नुहोस् →
उपयोगी लाग्यो? यो जानकारी साथीहरूसँग शेयर गर्नुहोस्
Facebook मा शेयर गर्नुहोस्

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ