के अब दक्षिण कोरियाको राजधानीमा अब Foreign Card बाट भाडा तिर्न सकीन्छ ?
दक्षिण कोरियामा बस्ने साथीहरुका लागि public bus चढ्न अझ सजिलो हुने भएको छ। विदेशी Contactless Credit/Debit Card बाटै भाडा तिर्न सकिने प्रणाली सुरु गर्ने योजना छ।
दक्षिण कोरियामा बस्ने साथीहरुका लागि public bus चढ्न अझ सजिलो हुने भएको छ। २०२७ देखि Seoul city bus मा विदेशी Contactless Credit/Debit Card बाटै भाडा तिर्न सकिने प्रणाली सुरु गर्ने योजना छ।
कसरी काम गर्छ?
सेवा सुरु भएपछि योग्य foreign card लाई bus reader मा tap गरेपछि भाडा कट्नेछ। यसले हरेक पटक Tmoney किन्न वा recharge गर्नुपर्ने झन्झट कम गर्न सक्छ। तर सबै foreign card चल्छन् भन्ने होइन। Card मा Contactless सुविधा हुनुपर्छ र Bank/Card network ले Korea मा payment support गरेको हुनुपर्छ।
नेपालीका लागि के फाइदा?
काममा जाने–आउने वा Seoul घुम्दा आफ्नो Bank Card बाटै बस भाडा तिर्न सकिने हुनाले सजिलो हुन सक्छ। तर दैनिक यात्राका लागि Tmoney, Climate Card वा Foreign Card मध्ये कुन सस्तो पर्छ भन्ने कुरा fare र transfer discount हेरेर मात्र निर्णय गर्नुहोस्।
अहिले के गर्ने?
यो सुविधा अहिले पूर्ण रूपमा सुरु भएको छैन। हाल Tmoney, Climate Card लगायत उपलब्ध transport payment प्रयोग गर्नुहोस्। २०२७ मा सेवा सुरु भएपछि आफ्नो Card चल्छ कि चल्दैन र fare/transfer discount कस्तो छ, जाँच गर्नुहोस्।
Muglan Tip
Foreign Card चल्ने भयो भन्दैमा Tmoney तुरुन्त नछोड्नुहोस्। नयाँ प्रणालीको नियम र आफ्नो Card को सुविधा हेरेर मात्र payment method छान्नुहोस्।



