बहराइनमा Work Permit नफेरी अर्को संस्थामा काम गर्न मिल्छ?
योग्य विदेशी कामदारले आफ्नो हालको Work Permit कायम राख्दै अर्को संस्थामा बढीमा तीन महिनासम्म अस्थायी रूपमा काम गर्न सक्छन्।
मिल्छ, तर निश्चित सर्त पूरा गरेर मात्र। Bahrain LMRA को Decision No. 2 of 2026 अनुसार योग्य विदेशी कामदारले आफ्नो हालको Work Permit कायम राख्दै अर्को संस्थामा बढीमा तीन महिनासम्म अस्थायी रूपमा काम गर्न सक्छन्। यो स्थायी sponsor transfer वा नयाँ कामदार भर्ना गर्ने बाटो भने होइन। घरेलु कामदार यो व्यवस्थामा समावेश छैनन्। Link
अर्को संस्थामा काम गर्नुअघि के चाहिन्छ?
१. कामदारको लिखित सहमति
२. हालको employer को स्वीकृति
३. काम गर्न जाने संस्थाको employer को स्वीकृति
४. LMRA को अनुमति र आधिकारिक दर्ता
Employer ले अनुरोध LMRA को Expat Management System मार्फत पेश गर्न सक्छ। LMRA ले प्रक्रिया पूरा भएपछि कामदार र दुवै employer लाई जानकारी दिने जनाएको छ। Link
तीन महिनाको सीमा र Bahrainisation सर्त
अर्को employer अन्तर्गतको अस्थायी काम तीन महिनाभन्दा बढी हुन पाउँदैन। कामदारको हालको संस्थासँग तुलना गर्दा नयाँ संस्थाको गतिविधिमा लागू हुने Bahrainisation दर समान वा बढी हुनुपर्छ। नयाँ संस्थाको दर कम भए LMRA नियमअनुसार अतिरिक्त शुल्क लाग्न सक्छ। Link
एउटै Business Group का संस्थाबीच काम गर्न मिल्छ?
नियमले एउटै employer को स्वामित्वमा रहेका वा सरकारी अभिलेखमा एउटै business group अन्तर्गत दर्ता भएका संस्थाबीच पनि कामदारलाई अस्थायी रूपमा उपयोग गर्न सक्ने व्यवस्था गरेको छ। CR नम्बर फरक भए पनि यो सम्भव हुन सक्छ, तर कामदारको पेशा स्वीकृत हुनुपर्छ र Bahrainisation सम्बन्धी सर्त पालना गर्नुपर्छ। link
कामदारको अधिकार कसले हेर्छ?
कामदार अर्को संस्थामा खटिएको अवधिमा रोजगारसम्बन्धी अधिकारको जिम्मेवारी दुवै employer ले साझा रूपमा बहन गर्छन्। कामदारले LMRA को अनुमति र आधिकारिक दर्ता पूरा हुनुअघि अर्को ठाउँमा काम सुरु गर्नु हुँदैन। काम गर्ने स्थान पनि employer ले तोकेको आधिकारिक workplace हुनुपर्छ।
स्रोत: Bahrain LMRA – Decision No. 2 of 2026



