Malaysia मा Lottery को लतबाट कसरी जोगिने?
तलब आउँछ। महिना नबित्दै सकिन्छ। कहाँ गयो थाहै हुन्न। धेरैजसोको एउटै कारण छ - टोटो र म्याग्नम 4D। त कसरी जोगिने ? केही व्यावहारिक कुरा गरौं।
तलब आउँछ। महिना नबित्दै सकिन्छ। कहाँ गयो थाहै हुन्न। धेरैजसोको एउटै कारण छ – टोटो र म्याग्नम 4D। त कसरी जोगिने ? केही व्यावहारिक कुरा गरौं।
१. पहिले बचत, बाँकी मात्र खर्च
तलब आउनासाथ पहिलो दिन नै केही रकम छुट्टै राख्नुहोस्। घर पठाइदिनुहोस् वा अलग खातामा। बाँकी रकमले मात्र महिना चलाउनुहोस्। उल्टो गर्यो भने बचत कहिल्यै हुँदैन।
२. “एक टिकट त के हुन्छ र” – यही सोचले फसाउँछ
५ रिङ्गिट, १० रिङ्गिट – सानो लाग्छ। तर महिनाभरि जोड्दा ठूलो रकम बन्छ। साथीहरूसँग बसेर टिकट किन्ने बानी छ भने त्यो समूहबाटै टाढा बस्नुहोस्। जुवा एक्लै सुरु हुँदैन। समूहमा सुरु हुन्छ।
३. हारेपछि “फिर्ता कमाउँछु” नभन्नुहोस्
यही सबैभन्दा खतरनाक सोच हो। हारेको पैसा गयो भन्ठान्नुहोस्। फिर्ता ल्याउने कोसिस नगर्नुहोस्। त्यहीँबाट लत बढ्छ।
४. घरमा साँचो कुरा गर्नुहोस्
कति कमायो, कति खर्च भयो – लाजले लुकाउनुहुन्न। परिवारसँग महिना-महिना हिसाब गर्ने बानी बसाउनुहोस्। आफैलाई जवाफदेही महसुस हुन्छ।
५. लक्ष्य भएन भने मान्छे भड्किन्छ
“किन विदेश आएको” – यो प्रश्न बेला-बेला सोध्नुहोस्। छोराछोरीको पढाइ, घर, ऋण तिर्ने – ठोस लक्ष्य भयो भने जुवाबाट आफैं टाढा बसिन्छ।



